एजेन्सी । दक्षिण अफ्रिकाको क्वाजुलु–नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयबासीमा त्रास फैलिएको छ ।

गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने समूहको शिकार बनेको ठहरगरिएको छ ।

उक्त समूहसँग सम्बद्ध भएको आशंकामा पाँचजना पक्राउ परेका छन् । परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको शव भेटिएको थियो ।

उपचारकले मान्छेको मासु खाँदा–खाँदै आफूलाई दिक्क लागिसकेको प्रहरीसमक्ष बयान दिएका छन् । उपचारकले रक्ताम्मे हात र पैतला देखाएपछि प्रहरीले उनलाई पक्राउ ग¥यो ।

उपचारक भाडामा बस्दै आएको घरमा प्रहरीले पकाउने भाँडामा मान्छेका आठवटा कान फेला पारेको थियो । उपचारकले मान्छेका कानहरु आफ्ना ग्राहकका लागि राखेको ठानिएको छ । ग्राहकहरुलाई कानमा चमत्कारी शक्ति रहेको र त्यो खाएपछि पैसा, शक्ति र सुरक्षा दिने भनिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments