काठमाडौँः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ हटाउने आफ्नो अभियानबाट बिचलित नहुने बताउनुभएको छ ।

अख्तियार लगाएर हटाउने समाचार सार्वजनिक भएका बेला घिसिङले मंगलबार विज्ञप्ती जारी गर्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै लोडसेडिङ हटाऊ अभियानमा मिलेर काम गरिरहेको उल्लेख गर्नुभएको छ ।

‘ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मलाई जोडी संप्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उहाँले भन्नुभएको छ, ‘समाचारमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु ।’

घिसिङले अहिलेको ऊर्जा संकट समाधान गरी ऊज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधिन जलविद्युत तथा प्रसारण–वितरण लाइन आयोजना निर्माणलाई तीब्रता दिने र प्राधिकरणको वित्तीय तथा प्रशासकीय सुधार गर्ने काम अघि बढिरहेको बताउनुभएको छ ।

उहाँले समग्र ऊर्जा क्षेत्रको पुनर्संरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको अवस्थामा आएका समाचारले नकारात्मक सन्देश प्रवाह गर्नेे उल्लेख गर्नुभयो ।

‘ऊर्जामन्त्री, ऊर्जा सचिव लगायत ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको छ’, घिसिङले निकालेको विज्ञप्तीमा भनिएको छ ।

घिसिङले दीगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षबाट सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments