काठमाडौँ । अमेरिकाको न्यूयोर्कस्थित नेपालीहरुले दुर्गा मन्दिर बनाउने तयारी गरेका छन् । नेपालीहरु महापुराणबाट रकम रकम जुटाएर ‘रिजउडको क्वीन’मा दुर्गा मन्दिरसहित सांस्कृतिक केन्द्र निर्माणमा जुटेका हुन् ।

अगस्ट २३ देखि सुरु भएको महापुराणमा अहिलेसम्म ६ लाख ६० हजार अमेरिकी डलर उठिसकेको आयोजक समितिका संयोजक राजेश भट्टले जानकारी दिनुभएको छ ।

महापुराणमा भट्ट दम्पतीले ७५ हजार १ डलर प्रदान गर्नुभएको छ । ‘अमेरिकामा हिन्दू धर्मको महत्व बुझाउन दुर्गामन्दिर र साँस्कृतिक केन्द्र स्थापना गर्न लागेका हौ’, उहाँले जनता समाचारसँग भन्नुभयो, ‘मन्दिर निर्माण छिट्टै अगाडि बढ्छ ।’ मन्दिर निर्माणका लागि करिब ९ लाख डलर लाग्ने उहाँले बताउनुभयो ।  आजसम्म सञ्चालन हुने महापुराणमा पण्डित दीनबन्धु पोखरेलले पुराण वाचन गर्नुभएको छ ।

भट्टका अनुसार रिजउडमा दुर्गा मन्दिर स्थापनासहित सांस्कृतिक केन्द्र बनाउन नेपालीहरुले पहिल्यैदेखि पहल गर्दै आएका थिए । त्यसका लागि सन् २०१० मा पनि महापुराण लगाइएको थियो । त्यसबेला उठेको रकमले मन्दिरर सांस्कृतिक केन्द बनाउन ५ हजार स्क्वायर फिट जग्गा किनिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments