राष्ट्रपति डा. रामवरण यादवले अब बन्ने संविधानमा मानवअधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय कानुन संघ नेपालको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादवले मानवअधिकारको रक्षाका लागि कानुन व्यवसायीहरुले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने भन्दै दलहरुले मानवअधिकारको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको न्यायिक जाँच र पहुँच सम्बन्धी तीनदिने अन्तर्राष्ट«िय कानुन सम्मेलन आजदेखि काडमाडौंमा सुरु भएको हो ।

Please follow and like us:

Comments