काठमाडौं । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् ।

समाजकल्याण परिषद्को नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा सस्तो दरमा भाडामा लिएर सांसद टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् ।

मनाङ धारापानीका रवीन्द्र गुरुङ –हाल लनडन) को वारेसमा पूर्वराज्यमन्त्री भइसकेका सांसद गुरुङले विगत पाँच वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गा भाडामा लिएर फनपार्क चलाइरहेका छन् । गुरुङले ६० रोपनी जग्गालाई मासिक पाँच लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् । उक्त जग्गा २०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो । गुरुङले मासिक ५ हजार बढाएर भाडामा लिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments