नवलपरासी । गाउँ डुबानमा परेको भन्दै स्थानीयले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको छ । पानी नभएका कारण अहिले गण्डक जलविद्युत गृहको विद्युत उत्पादन ठप्प छ ।

भारतीय पक्षले नहरमा निर्माण गरिएका साईफन र स्थानीय खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका वडा नं.१ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका हुन् । जसका कारण भारतले उक्त नहरमा पानी बन्द गरेको हो ।

पश्चिम नहरबाट गएको पानीले गुठिसूर्यपुरामा रहेको गण्डक जलविद्युत गृहमा विद्युत उत्पादन हुने गर्दछ । १५ मेगावार्ट विद्युत उत्पादन हुने गृहमा अहिले ७ मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । विद्युत उत्पादनसहित नहरबाट जाने पानीले पर्साहुँदै भारतको बिहारमा सिंचाई हुने गर्दछ । उत्पादन हुने विद्युत नेपालले उपभोग गर्दै आएको छ ।

डुबानमा परेर क्षति भएको धानसहित अन्य बालीको क्षतिपुर्ति नपाएसम्म नहरमा पानी आउन नदिने स्थानीयले चेतावनी दिएपछि भारतले पानी दिन छाडेको हो । स्थानीय राईपुरवा खोलाको कारण सुस्ताको छिवनी, फेचुवा, सत्पत्ति, महलवारी र हरखपुरा गाउँ डुबानमा परेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments