एजेन्सी । बलिवुड नायीका सन्नी लियोनविरुद्ध मुद्दा दर्ता भएको छ । गत जुलाई महिनाको अन्त्यमा एक २१ महिने बालिका धर्मपुत्री बनाएका उनी र उनका श्रीमान विरुद्ध छोरीकै कारण मुद्दा दर्ता भएको हो ।

राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको छ । भारतीय समाचारमाध्यममा उल्लेख भएअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा नहुन्जेलसम्म कुनै परिवारले लिने बच्चाको तस्बिर सार्वजनिक गर्दा उसका वास्तविक पहिचान खुल्ने र समस्या सिर्जना हुनसक्ने भन्दै यसलाई गोप्य राख्नपर्ने प्रावधान छ।

तर, ११ दम्पतीले लान नमानेकी बालिका सन्नी दम्पतीले आफ्नी छोरी बनाएका भन्दै बालिका ‘प्रि- एडप्सन’ को लागि दिएको कारा संस्थाले तस्बिरहरु ट्वीट गरेको थियो भने सन्नीले पनि आफ्नी छोरीसँगका तस्बिर ट्वीटरमा सेयर गरेकी थिइन्। ती तस्बिरमा बालिका र उनीहरुको सम्बन्ध र छालाको रङका विषयमा भद्दा र अपमानजनक कमेन्ट आएका थिए।

यो गोपनियता भंग गर्दा २ लाख भारु जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुन सक्नेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments