काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान निर्माण प्रक्रियामा भारतले चासो राख्नु नाजायज नहुने बताउनुभएको छ । सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री देउवाले एउटा छिमेकीको संविधानबारे अर्को छिमेकीले चासो राख्नु गलत नभएको तर्क गर्नुभयो ।

‘नेपालमा जारी संविधान निर्माण प्रक्रियाबारे मैले भारतीय समकक्षीसँग कुरा राखेँ, त्यसो गरेर मैले कुनै गलत काम गरेको छैन’, उहाँले भन्नुभयो,‘संविधान संशोधनबारे भारतमा बोलेको छु । भारतमा बोलेको बारेमा केही दलहरुको आपत्ति सुनेर अचम्मित भएको छु ।’

प्रधानमन्त्री देउवाले नेपालको संविधान संशोधन नेपालको विषय भएको उल्लेख गर्दै यसमा कुनै सम्झौता नहुने तर्क गर्नुभयो । ‘हाम्रा राष्ट्रिय प्राथमिकताबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु नराम्रो होइन’, उहाँले भन्नुभयो, ‘छिमेकीले चासो राख्नु नाजायज होइन, चासो राख्नुलाई जायज मान्न सकिन्छ तर हस्तक्षेप स्वीकार्न सकिँदैन ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments