काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका चर्चित भारतीय बाबा गुरमित राम रहीमलाई १० वर्षको जेल सजाय सुनाइएको छ । भारतको सीबीआई अदालतले लामो सुनुवाइपछि बलात्कार मुद्दाका दोषी हिन्दु धर्मगुरु राम रहीमलाई १० वर्ष जेल सजायको फैसला गरेको हो ।
अदालतले फैसला सुनाउनुअघि राम रहीम रोएका थिए ।

बलात्कार मुद्दामा दोषी डेरा सच्चा सौदाका प्रमुख राम रहीमलार्इ अदालतमा करिब एक घन्टा सुनुवाइ चलेपछि जेल सजाय तोकिएको हो ।

दुवैपक्षलार्इ कुरा राख्नका लागि १०-१० मिनेटको समय दिइएको थियो । सुनवाईका क्रममा अदालतको कोठामा ८ जना मानिस थिए । यसभन्दा अघि विशेष सीबीआईका न्यायाधीश जगदीप सिंह चोपरमार्फत पंचकुलाबाट सुनारिया जेल पुगेका थिए । यस क्रममा  सुरक्षाको पुरा व्यवस्था गरिएको थियो ।

जेलको आसपास कुनै पनि अराजक समूह देखेमा गोली हान्ने आदेश दिइएको थियो । सिरसामा कर्फ्यू लगाइएको थियो । सरकारले मंगलवारसम्म इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । हरियाणा राज्यका पञ्चकूला, रोहतक, कैथल र अम्बालामा स्कुल-कलेज छुट्टी दिइएको छ ।

२५ अगस्टमा राम रहीमलार्इ बलात्कारको अभियोगमा दोषी ठहर गरिएको थियो । त्यसपछि हरियाणा-पञ्जाब समेत ५ राज्यमा डेरा समर्थकले हिंसा र आगजनी शुरू गरेका थिए । यी घटनामा अहिलेसम्म ४५ जना मानिसको ज्यान गइसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments