मेलबर्न । अष्ट्रेलियामा नेपालको सदूरपश्चिममा मनाईने गौरा पर्व मनाइने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सदूरपश्चिम समाज अष्ट्रेलियाको आयोजनामा गौरा पर्व मनाउने तयारि गरिएको हो ।

आयोजकका अनुसार न्यु साउथ व्हेल्सको रक्डेलमा भव्य कार्यक्रमका साथ गौरा पर्व मनाउने तयारी भएको छ। आगामी शनिबार अर्थात सेप्टेम्बर २ मा इन्द्रेणी फंसन सेन्टरमा हुने कार्यक्रम बेलुका ५ देखी ११ बजेसम्म हुनेछ ।

कार्यक्रममा शुभकामना आदान प्रदान साथै परम्परागत देउडा नाच, हुड्केली नृत्यका साथै अन्य सांस्कृतिक कार्यक्रम पनि हुने बताइएको छ । अष्ट्रेलियाको अर्को सहर मेलबर्नमा पनि गौरा पर्व मनाउने तयारि भैरहेको छ ।

गौरा पर्व विशेष गरेर सुदुरपश्चिमको डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको धार्मिक तथा सांस्कृतिक पर्व हो । यो वर्ष गौरा पर्व भाद्र १३ गते परेको छ । यस पर्वमा नेपाल सरकारले देशभर सार्वजनिक विदा दिने गर्दछ ।

Comments

comments