काठमाडौं । नायक पल शाह र नवनायीका आँचल शर्मा एक अर्काको साथमा हराएका छन्। उनीहरुको यो लोभलाग्दो केमिस्ट्री भदौ ३० गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘जोनी जेन्टलमेन’ को नयाँ गीतमा देखिएको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको ‘जब जब तिम्रो साथ…’ बोलको रोमान्टिक गीतमा पल शाह र आँचल शर्मालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। अन्जु पन्त र सुरेश लामाको जादुमयी स्वरले गीतलाई कर्णप्रिय बनाएको छ ।

महेश दवाडीको लेखन तथा नितिन चन्दको निर्देशनमा बनेको चलचित्र ‘जोनी जेन्टलमेन’ लाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । चलचित्रमा पल शाह, आंचल शर्मा,विकास जोशी,जैना कुंवर, सन्तोष सिलवाल लगायत कलाकारको मूख्य भूमीका रहेको छ ।

‘जोनी जेन्टलमेन’ मा अर्जुन पोख्रेल र हर्कुलस बस्नेतको संगीत,रामशरण उप्रेती र रुपेश थापाको छायांकन, नविन निरौलाको सम्पादन,पारस विक्रम शाह र देव मर्हजनको द्धन्द,केशब थापा र प्रविण शिहंको कोरीयोग्राफी रहेको छ ।

Please follow and like us:

Comments