मेलबर्न । अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुको सहजता र सुविधाकालागि नयाँ नेपाली अनलाइन ’नेपाल अन बोर्ड’ आउने भएको छ ।
‘ नेपाल अन बोर्ड’ अनलाइनले अष्ट्रेलिया आएका नेपालीहरुलाई आवश्यक आवास, यहाँको कानून र रहनसहन सम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै कामको खोजीको लागि समेत आवश्यक मद्दत मिल्ने जनाइएको छ ।

आगामी अगस्ट ३१ तारिखबाट सेवा दिन सुरु गर्ने यस वेबसाइटमा ’बोर्ड अ हाउस’ फिचर रहनेछ । जसमा यसबाट आफ्नो सेवा वा वस्तुको विज्ञापन गर्न चाहनेले ठाउँ पाउनेछन् भने त्यसमार्फत नेपाली इन्टरनेट प्रयोगकर्ताले अष्ट्रेलियामा उपलब्ध कोठा, सेवा–सुविधा, ठाउँ आदिको बारेमा जानकारी लिएर आफ्नो लागि बुक गर्न सक्नेछन् । यो वेबसाइटबाट अष्ट्रेलियामा रहेका नेपाली मात्र नभई जुनसुकै ठाउँबाट अष्ट्रेलिया आउंदै गरेका नेपालीले अष्ट्रेलिया सम्बन्धि आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । साथै अनलाइन बुकिङ्ग सेवा समेत उपलब्ध हुने जानकारी दिइएको छ ।

यस वेबसाइट समूहले सिड्नी र एडेलेडमा फ्री एयरपोर्ट पोर्ट पिक अप सेवा समेत दिनेछ भने यो सेवा विस्तारै अष्ट्रेलियाभर विस्तार गरिने बताइएको छ । साथै यस वेबसाइट प्रयोगकर्ताले कोठा व्यवस्थापनको लागि चाहिने सामग्री समेत अनलाइन मार्फत खरिद गर्न सक्नेछन् ।

अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई अझ सशक्त बनाउने तथा विशेषगरि नयाँ र अष्ट्रेलियामा एक्लै बसोवास गरिरहेका विद्यार्थीहरुलाई अष्ट्रेलियामा सहज जीवनयापनको लागि सहयोग गर्ने आफूहरुको उद्देश्य रहेको ’नेपाल अन बोर्ड’ टीमका सदस्यहरु बताउँछन् ।

Comments

comments