एजेन्सी । ला लिगाको नयाँ सिजनअन्तर्गत भएको दोस्रो खेलमै युरोपियन तथा स्पेनिस च्याम्पियन रियल मड्रिडलाई धक्का लागेको छ ।

पहिलो खेलमा उत्साहपूर्ण जित हासिल गरेको मड्रिड दोस्रो खेलमा भने बराबरीमै रोकियो । लिग अन्तर्गत घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएपछि अंक बाड्न बाध्य भयो ।

स्पेनिस सुपर कप अन्तर्गत पहिलो लेगमा रातो कार्डपछि रेफ्रीलाई गरेको व्यवहारले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई पाँच खेलको प्रतिबन्ध लागेको थियो ।

रोनाल्डो बिनाको खेल मैदानमा उत्रिएको रियल मड्रिडलाई हारबाट जोगाउन मार्को एसेन्सिओ निर्णयक बने । ला लिगामा रियल सोसिडाड, बार्सिलोना र लेगानेसले दुवै खेल जित्दै ६ अंक दर्ता गरेका छन् । रियल मड्रिड भने अहिलेसम्म चार अंककै सिमित भएको छ ।

राति नै भएका अरु खेलमा सेभिल्लाले गेटाफे, एथ्लेटिको बिल्बाओले एइबर तथा लेगानेसले स्पानियोललाई समान १–० ले हराएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments