अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमलाई कारवाही गर्न निर्देशन दिएको छ ।

सचिव गौतमले उचित समयमा उचित निर्णय नगरेको तथा अख्तियारले दिएको निर्देशन पालना नगरेको आरोप सहित उनीमाथि कारवाही गर्न आज अख्तियारले चेतावनी दिएको हो । गौतम सहकारी मन्त्रालयमा आउनुअघि नेपाल ट्रष्टको कार्यालयमा थिए ।

ट्रष्टको कार्यालयमा हुँदा पूर्व राजपरिवारको सम्पत्तिसँग जोडिएको गोकर्ण रिसोर्टसँग सम्बन्धित एउटा निर्णयमा ४ वर्षसम्म निवेदकको माग सुनुवाइ नगरेको अख्तियारको आरोप छ ।

Please follow and like us:

Comments