काठमाडौं । हुन्डी गर्न राखेको १२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका अभियुक्तलाई राजस्व अनुसन्धान विभागले १५ महिनापछि चार अर्ब १२ करोड बिगो कायम गरी मुद्दा दायर गर्न तयार गरेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

बिगोबराबर जरिवानाको माग दाबीसहित यहि साताभित्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिने विभागले जनाएको छ । काठमाडौं  प्रहरी परिसरले सुन्धाराको जेबो ट्राभल्समा छापा मारेर १२ लाख रुपैयाँ नगदसहित त्यहाँ काम गर्ने दलबहादुर पुन र लवकुमार नेपाललाई विभागमा बुझाएको थियो ।

पक्राउ परेका अभियुक्तद्वय धरौटीमा छुटे पनि लामो समयसम्म अनुसन्धान भएको थिएन । पछि विभागले रामप्रसाद रेग्मीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएपछि हुन्डी कारोबार गरेको पक्का भएको विभागसम्बद्ध स्रोतले बतायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments