एजेन्सी। ट्वाइलेट फिल्मकी अभिनेत्रीलाई बलात्कार, एसिड आक्रमण, ज्यान लिने जस्ता धम्की आएका छन् । तमिल भाषाको डकुमेन्ट्री फिल्म, काक्कूस, अर्थात ट्वाइलेट निर्माण गरेकी अभिनेत्री दिव्या भारतीलाई यस्तो धम्की आउन थालेको हो ।

उनले निर्माण गरेको डकुमेन्ट्री फिल्ममा फोहोर सफा गर्ने मानिसहरुको जीवनकथा देखाउन खोजिएको छ । उनी भन्छिन् , ” जुन फोहोर हामीले देख्न पनि चाहदैनौं, त्यही फोहोर देशका करीब ८ लाख मानिसले प्रत्येक दिन हाम्रा लागि आफ्नो हातले सफा गरिरहेका छन्। त्यही फोहोर जीवनका कारण उसको पुरा जीवन सकिन्छ र उसको मृत्यु हुन्छ।”

फिल्ममा देखाइएको कथा, उक्त समुदायको दयनिय अवस्था देखाउन खोजेको र कानूनको विरुद्धमा उठाइएको आदि कारणले गर्दा भारतीलाई धम्की आउने गरेको हो । उनका विरुद्धमा अदालतमा थुप्रै मुद्दा समेत दर्ता भइसकेका छन् ।

Comments