काठमाडौं । पाहुना टोली भारतले काठमाडौंमा भएको साफ अन्डर १५ फुटबल च्याम्पियसिपको उपाधि जितेको छ ।

ललितपुरको एन्फा कम्लेक्सम भएको फाइन खेलमा घरेलु टोलि नेपाललाई २–१ गोलले स्तब्ध पार्दैै पाहुना टोलीले उपाधि जितेको हो ।

पहिलो हाफमा एक गोलले अगाडि रहेको घरेलु टोलिले दोस्रो हाफमा लय सम्हाल्न नसक्दा नतिजा सुम्पिएको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरुवाती अग्रता भने नेपालले गरेको थियो । भारतीय खेलाडीले डि बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी मार्फत अग्राता लिएको थियो ।

खेलमा नेपालका लागि ब्रिजेस चौधरीले खेलको ४१ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । सुरुवाती देखि नै एकपछि अर्को सुन्दर पास दिँदै खेलेको नेपालले निकै राम्रो गोल गर्ने अवसर खेर फालेको थियो । खेलको दोस्रो मिनेटमा नै नेपाली खेलाडीले प्रहार गरेको बल पोष्ट भन्दा केही माथिबाट बाहिरिएको थियो ।

नयाँ रणनितिका साथ दोस्रो हाफमा मैदान उत्रिएको घरेलु टोलीमा भारतले शानदार प्रदर्शन ग¥यो । एक गोलले पछाडि परेको  भारतले खेलको ५९ औं मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी बनाएको थियो । त्यस्तै, खेलको ७४ औं मिनेटमा विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई २–१ स्थितिमा पु¥याए ।

नेपाली डिफेन्स लाइनको कम्जोरीको फाइनदा उठाउँदै भारतका अग्रपक्तिका खेलाडी उत्कृष्ट गोल गर्न सफल भएका थिए । नेपालले दोस्रो हाफमा गोल गर्ने केही राम्रा अवसर पाए पनि भारतको डिफेन्स लाइन्लार्य चिर्न नसक्दा उविजेतामा सिमित भएको हो ।

Comments

comments