एजेन्सी । एक वर्षसम्म ननुहाई बस्यो भने हाम्रो हालत के हुन्छ होला ? एक जना यस्ता व्यक्ति छन् , जसले 6३ वर्षसम्म नुहाएका छैनन् ।

इरानका ८४ वर्षीय अमोउ हाजीले २० वर्ष उमेर पुगेपछि नुहाउन छोडे । उनको शरीरमा मैलाको मोटो पत्र नै जमेको छ । तर, उनी भन्छन्, ‘यही फोहोरका कारण 6३ वर्षदेखि म स्वस्थ छु, नुहाएँ भने बिरामी पर्छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् ।

ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । गाउँलेहरूले उनलाई त्यहाँ सानो झुपडी नै बनाइदिएका छन् र गाउँलेहरू बेला-बेलामा उनलाई भेट्न जान्छन् ।

अमोउले साधारण खाना पनि खांदैनन् । उनी प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । कहिल्यै ननुहाए उनले दैनिक दुई ग्यालेन पानी पिउँछन् । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् ।

बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहेको उनी बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments