हेटौंडा । सरकारको पूर्ण स्वामित्व रहेको हेटौंडा सिमेन्ट उद्योगले नियमित मर्मतका लागि भन्दै एक महिना उत्पादन बन्द गरेको जनाएको छ ।

गत साउन २४ गतेदेखि उत्पादन रोकेर उद्योग मर्मत सुरु गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनुभयो । सिमेन्ट उत्पादन प्रक्रियाका पाँचवटा युनिटहरु सेकेन्ड्ररी क्रसर, किलङ, र मिल, सिमेन्ट मिल र प्याकिङ प्लान्ट पूर्ण रूपले बन्द गरी मर्मत सुरु गरेको महाप्रबन्धक सिंहको भनाई छ ।

वार्षिक एक लाख ५० हजार मेट्रिक टनको क्षमता भए पनि उद्योगले एकलाख मेट्रिक टन मात्र क्लिङ्कर उत्पादन गर्दै आएको छ । यसबर्ष पूर्ण रूपले उद्योग मर्मत पश्चात् १५ देखि २० प्रतिशत उद्योगको उत्पादन बढ्ने विश्वास गरिएको छ ।
उद्योग मर्मतका लागि ३५ जना प्राविधिक भारतबाट झिकाईएको छ ।

उद्योगका कर्मचारीसहित भारतबाट आएका प्राविधिकले उद्योगका उपकरण मर्मत गरिरहेका छन् । पुराना उपकरणका कारण उद्योगको उत्पादन क्षमतामा ह्रास आएपछि उद्योगले पुराना काम लाग्ने उपकरण प्रतिस्थापन गर्ने उद्देश्यले मर्मत प्रक्रिया अघि बढाएको उद्योगका नायब महाप्रबन्धक बिरेन्द्र महासेठले जानकारी दिनुभयो ।

भदौ २० गतेदेखि उद्योगको उत्पादन सुचारु हुने उद्योग व्यवस्थापनले जनाएको छ । उद्योग मर्मतका लागि दुई करोड रुपैयाँ खर्च हुने बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments