काठमाडौँ । खेल प्रतियोगितामा खेल जितेर मेडल पाएपछि खेलाडीहरुले मेडल टोक्ने गर्दछन् । किन टोक्छन् त खेलाडीले मेडल ?

यस प्रश्नको उत्तरमा सिएनएन सँगको अन्र्तवार्तामा इन्टरनेसनल सोसाइटी अफ ओलम्पिक हिस्टोरियन्सका अध्यक्ष डेविड वालेचिन्स्कीले भनेका छन् ,” फोटो खिच्न आतुर मिडियाहरुको आग्रहमा नै खेलाडीले मेडल टोक्ने गर्छनन् । फोटो खिच्न भोका मिडियाहरुले अनेक अनेक पोजमा फोटो खिच्ने चाहनाले गर्दा खेलाडीहरुले मेडल टोक्ने सामान्य कुरा हो ।”

त्यस्तै ओलम्पिक पदक विजेता पौडी खेलाडी नाताली कगलिनले आफुहरु चर्चित हुन भन्दा पनि पत्रकार तथा फोटोग्राफरहरुको आग्रहमै आफुले मेडल टोक्ने गरेको बताएकी छन् ।

आजभोली प्राय मेडलिष्टहरुले मेडल टोक्ने एक प्रमुख कारण देखासिकी समेत हो । प्राय सबै खेलाडीले टोक्ने गरेका कारण एकपछि अर्को खेलाडीले टोक्ने गरेको पाईएको छ ।

यसको अर्को कारण, मेडलमा सुनको शुद्धता नाप्न भनिएतापनि १९१२ यता ओलम्पिकको गोल्ड मेडल शतप्रतिशत सुन बाट भने बनाउने गरिदैन यसको बाहिरी सतहमा मात्र २४ क्यारेट सुनको लेपन लगाउने गरिन्छ । आजकल ओलम्पिकमा प्रयोग गरिने मेडलमा मात्र १ दशमलब ३४ प्रतिशत मात्र सुन हुने गर्दछ ।

Comments

comments