भ्रष्टाचारका कारण विश्वमा हरेक वर्ष दशौँ लाख मानिसको ज्यान जाने गरेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

भ्रष्टाचार विरोधी संगठन वनले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा गरीब देशहरुबाट १० खर्ब अमेरिकी डलर बाहिरिने गरेको प्रतिवेदनले देखाएको छ । पछिल्लो दुइ दशकमा चरम गरिबी निवारणमा प्राप्त प्रगतिलाई भ्रष्टाचार तथा अपराधले संकटमा पारेको छ । प्रतिवेदन अनुसार विश्वमा भ्रष्टाचारकै कारण हरेक वर्ष ३६ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । अदृश्य कम्पनीहरुको प्रयोग तथा मुद्रा निर्मलीकरण लगायतका कार्यहरुबाट समेत चरम भ्रष्टाचार हुने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

भ्रष्टाचारलाई टिकाइराख्न सघाउने गोप्यताको अन्त्य गर्ने तथा उठेको राजश्वलाई स्वास्थ्य क्षेत्रमा खचिर्ने हो भने कम आय भएका देशहरुमा हुने अधिकांस अकाल मृत्युलाई रोक्न सकिने ठम्याइ संगठनको छ ।

Comments