काठमाडौं । नेपालले इन्धन आयातमा विकल्प नखोज्दा भारतले यहाँको इन्धन बजारलाई नियन्त्रणमै राख्न खोजको छ । बुलेट किनेर ग्यास ढुवानी गर्न तयार नेपाली ग्यास उद्योगीलाई १० महिनादेखि अड्काएको भारत प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणमा पनि आफ्नो अडानबाट पछि हटेन ।

प्रधानमन्त्री देउवाले नेपाली बुलेटलाई ग्यास दिने वातावरण मिलाउन गरेको आग्रहलाई भारतीय पक्षले घुमाउरो पाराले थप छलफल गर्ने भन्दै टारेको छ । नेपाली बुलेटलाई ग्यास दिन आग्रह गर्दा भारतीय अधिकारीहरुले ग्यास पाइपलाइन बनाइदिने भन्दै टारेका थिए । ‘बुलेटका विषयमा गम्भीरताका साथ प्रधानमन्त्रीले कुरा उठाउनुभयो,’ वाणिज्यमन्त्री मिन विश्वकर्माले भने, ‘बुलेट चलाउँ भन्दा ग्यासको पाइपलाइन विस्तार गर्दिने प्रस्ताव आयो ।’ उनीहरुले भारतीय बुलेटबाटै ढुवानी गराउने आशय व्यक्त गरेको मन्त्री विश्वकर्माले बताए ।

संविधान जारी भएपछि नेपालमाथि नाकाबन्दी गरेर इन्धन आपूर्ति रोकेका भारतले विभिन्न बहाना बनाएर ग्यास ढुवानीमा आफ्नो पकड कायम राख्न खोजेको व्यवसायीले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments