अष्ट्रेलियाको सिड्नीमा भोलि शनिवार हुने एनआरएनए नेपाल फेस्टिवल–२०१४ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न २० भन्दा बढी विभिन्न कमिटीहरु गठन गरी सयौं स्वयम्सेवीहरुलाई परिचालन गरिएको पनि आयोजकले जनाएको छ । महोत्सवमा नेपाली खाना र संस्कृतिका विभिन्न स्टलहरुको व्यवस्था गरिएको छ । त्यसैले नेपाल र नेपाली मौलिक कला संस्कृतिको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण सहयोग पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवलाई सभ्य बनाउँन महोत्सवको दौरानमा कुनै पनि कोषको नाममा चन्दा उठाउँन नपाइने,कसैले पनि पर्चा–पम्प्लेट वितरण गर्न नपाइने उल्लेख छ । यस्तै महोत्सवमा राति कुनै पार्टी वा गीत संगीतको कार्यक्रम पनि नरहेको स्पष्ट पारेको छ ।

Comments

comments