दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखाना खोलेर रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कारमा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गर्नुभयो ।

उहाँले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै सबै तहका चुनाव सम्पन्न गरी संविधान कार्यान्वयनसँगै देशमा आर्थिक विकास गरिने बताउनु भयो ।

राज्यमन्त्री चौधरीले दाङमा रहेको टरिगाँउ विमानस्थलको स्तरोन्नती गरी यसलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल भइरहेको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments