काठमाडौं । लामो समय सिनेमा क्षेत्रबाट टाढा रहेका अभिनेता रमेश उप्रेती पछिल्लो चलचित्र ‘ऐश्वर्य’को प्रोमोशनमा ब्यस्त रहेका छन् ।

झण्डै ९ वर्ष अमेरिका बसेर फर्केका रमेशले गत वर्ष चलचित्र ‘ब्रासलेट’बाट कमब्याक गरेका थिए । तर ‘ब्रासलेट’ले उनको पुरानो स्टारडमलाई जोगाउन भने सकेन । त्यसैले चलचित्र ऐश्वर्यबाट निर्माता समेत बनेका रमेशलाई आफ्नो स्टारडम जोगाइराख्न पनि यो चलचित्रको सफलता वा असफलता अर्थपूर्ण रहनेछ ।

१५,२० बर्ष देखिको आफ्ना् कल्पना,रहर, सपना र सोचलाई चलचित्र ’एश्वर्य’मार्फत ल्याउने कोशिश गरिएको अभिनेता रमेशले बताए ।
दुई साता अघि रिलिज गरिएको चलचित्र ऐश्वर्यको तिमी रोएको पल गीतको लोकप्रियता बढ्दै गएपछि अभिनेता रमेशसँगै चलचित्र निर्माण पक्षको आत्मविश्वास बलियो बन्दै गएको छ ।

हाल यो चलचित्रको पोष्ट प्रोडक्सनको काम भईरहेको छ । रमेश उप्रतीको महत्वकांक्षी प्राजेक्टको रुपमा रहेको चलचित्र एश्वर्यको आगामी तिहारको लक्ष्मीपूजाको दिन रिलिज मिति तय गरिएको छ । चलचित्रमा नव अभिनेत्री दिपीका प्रसाइँ लिड रोलमा छिन् ।

तिमी रोएको पल गीतबाटै दीपीकाको सौन्दर्यको प्रशंसा गर्न थालिएको छ ।

Please follow and like us:

Comments