मेलबर्न । अष्ट्रेलियाको पीआरका आफ्नै विशेषता हुन्छन् । पीआरवाहकलाई शिक्षा, औषधि उपचारमा आर्थिक सहायता उपलब्ध हुन्छ । ५ वर्षसम्म अष्ट्रेलियाबाट अन्य देशमा आवतजावत गर्ने अनुमति हुन्छ ।

यस्तै अष्ट्रेलियाको पीआर लिएको व्यक्तिलाई न्युजिल्यान्डमा भ्रमण गर्ने, बस्ने, काम गर्ने, पढ्ने अनुमति हुन्छ । अष्ट्रेलिया सरकारले तोकेको मापदण्ड वा योग्यता अनुसार प्रत्यक पांच वर्षमा पीआर नवीकरण गर्न सकिन्छ ।

अष्ट्रेलियाको नागरिकता पाइसकेपछि भिसा नविकरणको आवश्यकता पर्दैन । अष्ट्रेलियाको पासपोर्ट स्वतः पाइन्छ । शिक्षा, औषधि उपचारमा आर्थिक सहायता, सरकारी छात्रवृत्ति, सरकारी जागिर आदिमा अधिकार हुन्छ । आफ्नो जीवनसाथीलाई अष्ट्रेलिया लैजान पाउँछन् । न्युजिल्यान्डमा भ्रमण गर्ने, बस्ने, काम गर्ने, पढ्ने अनुमति हुन्छ । अष्ट्रेलियाको नागरिकता लिएको बाबुआमाबाट जन्मेको बच्चाले वंशजको आधारमा अष्ट्रेलियाको नागरिकता पाउँछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments