तास खसीको मासुलाई तेलमा तारेर भुजिया, अचार, सलाद सहित तयार परिने एक प्रकारको परिकार हो ।

आवश्यक सामग्रीहरू

  • खसी को फिलाको फल मासु एक किलो,
  • सुकेको खुर्सानीको धूलो एक सय ग्राम,
  • बेसार दुई चम्चा, तोरीको तेल चार चम्चा,
  • जिरा पचास ग्राम,
  • धनियाँ पचास ग्राम,
  • लसुन सय ग्राम,
  • अदुवा सय ग्राम,
  • सुकमेल दसवटा,
  • ल्वाङ दसवटा,
  • नुन स्वादअनुसार।

बनाउने विधि

  • सबैभन्दा पहिले माथि उल्लेख गरिएका मसलालाई एउटा खलमा राखेर स-साना टुक्रा हुने गरी कुट्ने।
  • त्यसपछि छाला नभएको मासुलाई स-साना टुक्रामा काटेर कुटेको मसला हाली तेलमा मोलेर एक घन्टाजति छाड्ने।
  • त्यसपछि त्यसलाई थोरै तेलमा तावामा रातो नहुन्जेल मन्द आँचमा भुट्ने।
  • रातो भएपछि निकाल्ने अनि भुजा वा चिउरा, दालमोठ तथा मुलाको अचारसँग सर्भ गर्ने।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments