एजेन्सी । नेइमार विश्व कीर्तिमानी मूल्य २० पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गर्ने भएको छ । बार्सिलोनाले २० वर्षीय डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा ल्याउन लागेको हो ।

पाँच वर्षको लागि गर्न लागिएको सम्झौतामा यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्नेछ । जसले गर्दा उनी विश्वका दोस्रो महंगा खेलाडी बन्ने भएका छन् ।

सम्झौतामा सोमबार हस्ताक्षर भएपछी डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने पनि बार्सिलोनाले जनाएको छ । बार्सिलोनामा ११ नम्बरको जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए । बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments