काठमाडौँ । सरोकारवालाहरुले त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको मागमा गम्भीर बन्न सुझाव दिएका छन् ।

आंशिक प्राध्यापक सङ्घले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा पूर्व शिक्षामन्त्री राधाकृष्ण मैनालीले आंशिक प्राध्यापकहरुका माग सम्बोधनका लागि त्रिभुवन विश्व विद्यायललाई गम्भीर बन्न सुझाव दिन भएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मैनालीले आंशिक प्राध्यापकहरुले उठाएको जायज मागहरुमा आफ्नो समर्थन रहेको भन्दै समस्या समाधानका लागि त्रिभुवन विश्व विद्यालयलाई आवश्यक जनशक्तिको आधिकारिक सूची तयार पारेर अघि बढ्न आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय सञ्चालन भइरहनु वा बन्द गर्नुमा कुनै तात्विक फरक नपर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो देशको एउटा नमिठो संस्कृति बसेको छ, ८ पढेको युवा र डिग्री पास गरेको युवा सँगसँगै खाडीमा भेटिन्छन् । यस्तै हुने हो भने हाम्रो विश्वविद्यालयलाई किन सञ्चालन गर्नुप¥यो ? उहाँले थप्नुभयो,‘विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने भन्दा पनि पार्टीको भर्ती केन्द्रको रूपमा स्थापित भइसकेको छ ।’

भण्डारीले त्रिभुवन विश्वविद्यालय बिग्रेको मात्रै नभई भत्केको टिप्पणी गर्दै भन्नुभयो,‘आंशिक प्राध्यापकहरु कोही पिएचडी गर्दैछन्, त्रिविमा पढाएर महिनाको ५ हजार रुपैयाँ तलब खान्छन्, त्यही विश्वविद्यालयमा महिनाको पाँचदिन क्लास लिदैनन् तर ६५ हजार रुपैयाँ तलब खान्छन्, के यही हो त्रिविको असली उद्देश्य ?’

उहाँले नेपालको राजनीतिमा रहेको दिउँसो झगडाको किक्तामा उभिने, साँझ परेपछि मिल्ने र अन्त्यमा खाने काममा एक हुने सस्कृतिको त्रिभुवन विश्वविद्यालय रहेको भन्दै धेरै राजनीति भएकाले यसखाले प्रक्रियाले दक्ष जनशक्तिको उत्पादन नहुने दाबी गनुृभयो ।

भण्डारीले भन्नुभयो,‘अमेरिकाको पाठ्यक्रम हाम्रो भन्दा ३० वर्ष अघि छ, हामी त्यति पछि छौँ, दक्ष र उर्जाशिल युवाहरू कसरी भोको भेट भर्ने भन्ने चिन्तामा व्यस्त छन् कसरी अब्बल र प्रभावकारी शिक्षा नीति निर्माण हुन्छ ?’ कार्यक्रममा त्रिवि प्राध्यापक महासचिव नन्दकिशोर सिंहले आंशिक प्राध्यापकहरुको आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्घका सचिव रामकुमार राईले आंशिक प्राध्यापकहरुको आन्दोलन पेशागत र शिक्षा क्षेत्रको सुधारको लागि भएको दाबी गर्नुभयो ।

सचिव राईले त्रिविमा कार्यरत काम नगरेर जागिर खाने कपाल फुलेका सेता हात्तिहरुलाई राज्यले पालिरहेको आरोप लगाउँदै भन्नुभयोे,‘त्रिविमा वर्षमा धेरै दिन घुमफिर गर्ने र थोरै दिन पिरियड लिने स्थायी प्राध्यापकहरुलाई राज्यले सेतो हात्ती जस्तो पालिरहेको छ, हामीलाई सस्तो श्रमको रूपमा प्रयोग गरिहेको छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments