बीरगंज । राष्ट्रिय जनता पार्टी पर्सामा शनिवार दुई समूहबीच झडप भएको छ । असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचानमा कसले मेयर पद पाउने भन्ने विषयमा झडप भएको हो ।

वीरगज महानगरपालिकाको मेयर छनौटका विषयमा राष्ट्रिय जनता पार्टी नेपाल पर्साका कार्यकर्ताहरुबीच होटेल कुमुमा झडप भएको हो । झडपमामा बिलम श्रीवास्तव समूहका रामबाबु चौरसिया घाइते भएका छन् ।

मेयर पदका अकाक्षी उमेद्ववारको रूपमा रहेका राजेशमान सिंह तथा बिमल श्रीवास्तवका कार्यकर्ताबीच झडप भएको हो । उम्मेद्ववार छनौट र चुनावी रणनीतिको विषयमा छलफल गर्न वीरगन्जको होटेल कुमु प्यालेसमा आज राजपाको बैठक बस्ने कार्यक्रम विवादको कारण स्थगित भएको छ ।

राजपाको केन्द्रीय कार्य समितिले पर्सा जिल्लाका लागि खटाएको केन्द्रीय पर्यवेक्षक विजय गुप्ता र पर्सा अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय सदस्यहरू मात्रै बैठकमा सहभागी हुने भनिएपनि राजपाबाट मेयरका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंह दुवै समूहले बैठक अगाडी शक्ति प्रर्दशन गर्दै होहल्ला गरेपछि बैठक स्थगित भएको हो । बैठक सुरु नहुँदै श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ताहरूले आ आफ्नो नेताको पक्षमा चर्को नाराबाजी गरेका थिए ।

विमल श्रीवास्तव समूहका कार्यकर्ता रामबाबु चौरसीयाले श्रीवास्तवको पक्षमा नाराबाजी गरेपछि अर्को समूहका कार्यकर्ताहरूले उनलाई धकेलेपछि झडप भएको हो । बैठक बस्ने भनिएको हल भित्र दुवै समूहका कार्यकर्ताहरूले कुर्सी हानाहान समेत भएको छ ।

झडपपछि केन्द्रीय पर्यवेक्षक गुप्ता र अन्य केन्द्रीय स्तरका नेताहरू अहिले होटेल मकालुमा बसेका छन् । होटेल कुमु प्यालेशमा उम्मेदवारी छनौट र चुनावी रणनीतिका विषयमा छलफल गर्न केन्द्रीय पर्यवेक्षक, जिल्लामा रहेका केन्द्रीय सदस्य , केन्द्रीय पदाधिकारी र पर्सा जिल्ल अध्यक्ष मण्डलका सदस्यहरूको मात्र उपस्थितिमा बैठक बस्ने कार्यक्रम रहेको भए पनि बैठक स्थलमा कार्यकर्ता र समर्थकहरु ठुलो सङ्ख्यामा आएपछि हालका लागि बैठक स्थगित गर्नु परेको राजपाका केन्द्रीय सदस्य शशीकपुर मियाले बताउनुभयो ।

Comments