मेलबर्न । अष्ट्रेलियन मन्त्री फ़िओना रिचार्डसनको बुधबार निधन भएको छ । ५० वर्षिया उनको क्यान्सर रोगका कारण निधन भएको हो ।

मन्त्री रिचार्डसन पारिवारिक हिंसा सम्बन्धि अष्ट्रेलियाको पहिलो मन्त्री हुन् । सन् २००६ मा पहिलो पटक निर्वाचन जितेर संसदमा पुगेकी उनी २०१३ मा क्यान्सर रोगलाई जितेर काममा फ़र्किएपछि मन्त्री बनेकी थिइन् ।

पछिल्लो समय रिचार्डसन बिदा लिएर उपचारमा थिइन् । यसै क्रममा उनले आफ्नो मृत्यु हुनु एक दिन अगाडी , उपचारले निको नभईरहेकोले आफू अझ केही दिन बिदामा बस्ने बताउंदै सबैलाई धन्यवाद व्यक्त गरेर ट्विट गरेकी थिइन् ।

रिचार्डसन साहसी, आत्मविश्वासी र राम्रो छवि भएकी मन्त्री मानिन्थीन् । उनको परिवारमा श्रीमान र दुई सन्तान छन् । अष्ट्रेलियाक विभिन्न क्षेत्रका व्यक्तिहरुले अष्ट्रेलियाको राजनीति तथा समग्र देशले एक कुशल व्यक्ति गुमाएको भनि दु:ख मनाउ गरिरहेका छन् ।

Comments

comments