एजेन्सी ।  थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध पक्राउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबार शिनावात्राविद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो । तर अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ ।

सन् २०११ मा शिनावात्राले किसानका लागि चामल अनुदान कार्यक्रमको सुरुवात गरेकी थिइन् । जसमा किसानलाई बजार मुल्यभन्दा बढी मूल्य दिने प्रतिवद्धता गरिएको थियो ।

शिनावात्राका वकिलले शुक्रबार अदालतमा शिनावात्रा बिरामी भएका कारण उपस्थित हुन नसकेको जानकारी दिएका छन् तर उनी बिरामी भएको मेडिकल प्रमाणपत्र पेस नगरिएको अदालतले जनाएको छ ।

चामल अनुदानमा दोषी शिनावात्रालाई १० वर्षसम्म जेल सजायका साथै राजनीतिबाट स्थायी रुपमा प्रतिबन्ध लाग्नेछ ।

Comments