मेलबर्न । अष्ट्रेलियाको क्यानबेरा स्थित अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा बेसबल ब्याटले आक्रमण गरि आतंक मच्चाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

१८ वर्षीय ती युवकले शुक्रबार बिहान पढाउँदै गरेकी प्राध्यापकलाई कक्षाको पछाडीबाट बेसबल ब्याटले आक्रमण गरेका थिए । त्यसपछि प्राध्यापकलाई बचाउने क्रममा अरु विद्यार्थीलाई पनि ब्याटले लागेको थियो ।

विद्यार्थीहरुले प्रतिकारमा उत्रिएर ती युवकलाई प्रहरी समक्ष बुझाउन सफल भएकोमा प्रहरीले विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद दिएका छन् ।

उक्त घटनामा गम्भीर घाइते भएका चार जना अस्पतालमा उपचाररत छन् भने पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments