मेलबर्न । अष्ट्रेलियाबाट नेपाली साहित्यप्रेमीहरुको लागी “प्रवासका जूनहरु” कविता संग्रह आएको छ । विदेशमा रहेर नेपाली साहित्यमा सक्रिय रहेका कवि महेश्वर शर्माको कविता संग्रह “प्रवासका जूनहरू” एकल कविता वाचन कार्यक्रमको साथमा विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै कवि महेश्वर शर्माले प्रवासमा रहदा सिकेको सीपलाई देशमा लगेर प्रयोग गर्न सबै यूवाहरुलाई आह्वान गर्नुभएको थियो । उक्त कविता वाचन तथा कृति विमोचन कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी राजदूत लक्की शेर्पाले सबै छोराहरुले बुबा आमा र देश प्रति यस्तै सोंच राखिदिने हो भने देश परिवर्तन हुन समय नलाग्ने बताउनुभयो ।

साहित्यकार केदार पोखरेलले पुस्तकको समिक्षा गर्नुभएको थियो। कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यीक ब्यक्तित्वहरु, र थुप्रै अभिभावकहरुले पनि साहित्यिक माहोलको अनुभव गर्न पाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments