भारत र इङ्ल्याण्डबीचको पाँचौ तथा अन्तिम एक दिवसिय क्रिकेट आज हुदैछ ।

पाँच एक दिवसिय श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको भारत आजको खेल
पनि जित्दै श्रृङ्खला ह्वाईस वास गर्ने दाउमा छ भने इङ्ल्याण्ड आज प्रतिष्ठाका
लागी भएपनि खेल जित्ने सुरमा रहेको छ ।

पहिलो खेल रद्य भएको श्रृङ्खलामा त्यसपछि भारतले लगातार तीन खेल जितेको हो । खेल दिउँसो ३ वजेपछि सुरु हुने छ । भारत विरुद्धको टेष्ट क्रिकेटको श्रृङ्खला भने इङ्ल्याण्डले जितेको थियो ।

Comments

comments