नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘संविधान संशोधनको विषयका केही मुद्दाहरु अझै थाती रहेका छन्, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनः संशोधनको प्रयास गर्नेछु ।’ देउवाले भने ‘निकट भविष्यमा दुई तिहाई बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं ।’

स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा देउवालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले संविधान संशोधनप्रति चासो व्यक्त गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments