काठमाडौं । महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी सन्तोष आचार्यलाई बुधबार बेलुका झोंछेका एक स्थानीयको फोन आयो । ‘ सर एकजना केटाले भाइ मारेँ भन्छ, त्यसलाई लएर तपाइएको अफिसमा आएको छु’ डीएसपी आचार्य केही छिनमै कार्यालयको गेटमा पुगे । झेँछेका ५१ वर्षीय राजु मानन्धरलाई लिएर स्थानीय अगुवा आएका थिए ।

‘हो सर, सह्रै नै दुःख दिएको थियो, सहन नसकेपछि मारिदिएको हुँ ।’ डीएसपी आचार्यले हतारहतार गाडीमा राखेर उनको घरतर्फ लागे । भोँछेको गल्लीभित्र मानन्धरको घरमा प्रहरी पुग्यो । भाइको हत्या गरेको बताउनु राजुले कोठामा लिएर गए ।

त्यहाँ एउटा शव थियो । शवको टाउको फुटेको थियो । कोठा रगताम्मे थियो ।  लागुऔषध सेवन गर्ने र परिवारलाई दुःख दिने भएकाले आफू आजित भएर भाइ गौतम मानन्धरको हत्या गरेको उनले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments