सिलगुडी । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ । नागरिक दैनिकमा समाचार छ । जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो ।

त्यसको भोलिपल्ट जलपाइगुरीका जिल्लामा म्याजिस्ट्रेट रचना भागतले एउटा आदेश जारी गर्दे च्यानलले दार्जिलिङ र जलपाइगुरी जिल्लाका समाचार सम्बन्धी कार्यक्रम अगस्ट ७ सम्म सञ्चालन गर्न नपाउने आदेश जारी गरेकी थिइन् । उक्त आदेश अगस्ट आठबाट अनिश्चितकालका लागि लम्ब्याइएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments