मेलबर्न । क्रेगिबन नेप्लीज् कम्यूनिटी भिक्टोरीया र नारी निकुन्ज भिक्टोरीया अष्ट्रेलियाको संयुक्त रुपमा भव्य तीज कार्यक्रम सम्पन्न भएको छ ।

अगस्ट २१ मा आयोजना गरिएको यस तीज कार्यक्रममा तीजको मौलिक परम्परा अनुरुप दाजुभाइहरुले दिदीबहिनीहरुलाई दर खुवाइएको थियो । तीजमा उपस्थित सबै चेलिबेटी तथा अन्य उपस्थित व्यक्तिहरुलाई समेत निशुल्क दरको व्यवस्था गरिएको थियो । तीजलाई व्यापारीक ढंगबाट भन्दा पनि कौलिक रुपमा नै मनाउने भन्दै स्थानीय दिदीबहिनीहरुले पनि आफ्नो समूह बनाएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै र विशिष्ठ अतिथिमा पूर्व मेयर हेलेन तथा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने रहनुभएको थियो । त्यसंैगरी एनआरएनए भिक्टोरियाका अध्यक्ष केशव कंडेल, न्याभका उपाध्यक्ष तारा गैरे, एनआरएन भिक्टोरीयाका उपाध्यक्ष योगेन्द्र रेग्मी, सचिव गौतम लामिछाने , दिदीबहिनी समाजका अध्यक्ष जमुना पराजुली तथा एनआरएनए भिक्टोरियाका अन्य कार्यसमितिका सदस्यहरु र क्रेगिबन समाजमा संस्थापक तथा सल्लाहकारहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

आयोजक क्रेगिबन समाजका अध्यक्ष प्रेम कडेँलले समाजले नेपाली मौलिक संस्कृति र भाषालाई सधै प्राथमितामा राख्ने र त्यही अनुसार कार्यक्रम पनि गर्दै लैजाने बताउनुभयो । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि महाणिज्यदूत चन्द्र योन्जनले तीजको शुभकामना दिदैँ आजकालको तीज महिला र पुरुषले एक अर्काको इज्जत गर्दै मिलेर रमाइलो गरेको देख्दा खुसी लागेको बताउनुभयो । यस्तो सहकार्यले परिवर्तनशील समाजको सन्देश जाने बताउनुभयो । त्यसैगरी एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले पनि तीजको शुभकामना व्यक्त गर्दै नेपाली समुदायको शालीन मनोरञ्जनकालागि तीज कार्यक्रम उपर्युक्त सन्दर्भ रहेको धारणा व्यक्त गर्नुभयो ।

निशुल्क फोटो खिच्ने व्यवस्था समेत भएको यस कार्यक्रममा नेपालमा भर्खरै गएको बाढी पहिरोका पीडित नेपालीहरुकालागि सहयोग राहत संकलन पनि गरिएको थियो ।

Comments