काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियायता पार्टीभित्र विचलन र विकृति बढेको बताएका छन् । विकृति सुधाररे नयाँ क्रान्तिकारी उर्जासहितको पार्टी निर्माण गर्ने दिशामा लाग्न ेउनले कार्यकर्तालाई निर्देश गरे । 

पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको २१ औं महाविधेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष दाहालले पद प्रतिष्ठा र व्यक्तिगत लाभका लागि मात्र सोच्ने प्रवृत्ति त्याग्नुपर्ने उल्लेख गरे ।

‘पार्टीभित्र विचलन र विकृति आए यसको जिम्मेवारी मैले पनि लिन्छु र लिनुपर्छ’ अध्यक्ष दाहालले भने,‘कुनै पनि आन्दोलन र त्यसका नेताहरुका पनि आफ्ना सीमा हुन्छन् ।’ उनले क्रान्तिकारी उत्तराधिकारी तयार गर्न नसक्दा आन्दोलन धरासायी हुने, आदर्शहरु भत्किने र आत्मकेन्द्रित शैली बढ्दै जाने बताए । त्यसैले अब क्रान्तिकारीहरुलाई एकताबद्ध बनाउँदै पुनस् शक्तिशाली पार्टी निर्माणको दिशामा आफूहरु लागिरहेको जानकारी दाहालले दिए । त्यही लक्ष्यअनुसार विगतमा पार्टीबाट बाहिरिएकाहरुलाई गोलबन्द गर्दै जाने अभियान सुरु भएको उनको धारणा थियो

‘जो यथास्थितिवादी, संघीयता र गणतन्त्रविरोधी थिए तिनीहरु जित्ने र हामीचाहिँ हार्ने अवस्था आयो’ अध्यक्ष दाहालले भने, ‘हाम्रो टाउकाका मूल्य तोक्नेहरु बलिया हुँदै गए, त्यसैले हाम्रो पिढीको नेताहरुले फेरि संकल्प गरेका छौं, हाम्रो संकल्पमा तपाई विद्यार्थीहरुले पनि  साथ दिनुभयो  भने सबैलाई परास्त गर्न सक्छौं ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments