काठमाडौं । पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्ष भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भयो ।

विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालका नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बतायो । गत वर्ष असार २ देखि असोज २७ सम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको थप सेयर खरिद भएको छ । ग्राहक नम्बर ५२११० उल्लिखित उक्त सेयर श्रुती अग्रवालका नाममा किनिएको देखिन्छ ।

स्टक एक्सचेन्जबाट भएको कारोबारको अभिलेख पछ्याउँदै जाँदा केही महिनाअघि चर्चामा रहेको विवादास्पद लागूऔषध प्रकरणमा मुखिएको औषधि कम्पनीको नाम भेटियो । प्रिमो सेक्युरिटिजबाटै एसआर ठ.ड्रग ल्याबरोटरीले २०७२ चैतदेखि २०७३ असारसम्म विभिन्न कारोबार गरेको देखिन्छ । उसले दुईवटा बिमा कम्पनीको ५६ सय कित्ता सेयर बेचेर झन्डै एक करोड रुपैयाँ आर्जन गरेको स्टक एक्सचेन्ज स्रोतबाट प्राप्त अभिलेखमा देखिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments