यूरोपेली मुलुकहरुमा लोकप्रिय रंगमञ्चीय नाटकको एउटा सशक्त विधा क्लाउन अब राजधानीका दर्शकहरुले पनि हेर्न पाउँने भएको छ ।

आरम्भ नाट्य समूहले शुक्रवारबाट बत्तीसपुतलीस्थित शिल्पी थियटरमा दी क्लाउन शो प्रदर्शन गर्दैछ । तीन दिन चल्ने उक्त क्लाउन शोमा विभिन्न पाँच फरक फरक परिस्थितिका प्रस्तुति हेर्न पाइनेभएको छ । क्लाउन शोलाई सबैभन्दा गाह्रो अभिनयकला मानिन्छ । किनभने यसमा यथार्थ र वास्तविकतभन्दा निकै पर हटेर अभिनय गर्नुपर्ने हुन्छ । आरम्भ समूहले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा दी क्लाउन शो प्रस्तुत गर्न लागेको हो । यसको कन्सेप्ट हालै राजधानीमा सम्पन्न तीन दिने कार्यशालाबाट तयार पारिएको समूहका प्रभावकर न्यौपानेले जानकारी दिनुभयो ।

रंगमञ्चीय अभिनयकलाबाट दर्शकलाई यथार्थबाट पर लगेर झुक्यानमा राख्नसक्नु क्लाउन शोको विशेषता मानिन्छ । भिन्न भिन्न पाँच परिस्थितिजन्य विषय समेटिएको आरम्भको यो क्लाउन शो एक घण्टा १० मिनेट अवधिको हुनेछ । यसमा प्रभाकर न्यौपाने,वेलायती कलाकार रोजी,रमेश दाहाल,प्रकेश सिन्धुलिया,सविना बडाल र मानसराजको अभिनय रहेको छ । यसका निर्देशन कमलराज अधिकारीले गरेका हुन् ।

Comments

comments