पोखरा । कास्कीको माछापुच्छे गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ ।

गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् ।

बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरु आफन्तको घरमा बस्दैआएका छन् । खान र लाउनका लागि सहयोग जुटिरहेको भए पनि पहिला बसिराखेको ठाउँमा पुन घर बनाएर बस्ने अवस्था नभएकोले अब कहाँ घर बनाउने भन्ने समस्या परेको वडाध्यक्ष जुमबहादुर गुरुङले बताउनुभयो ।

पीडित परिवारको अन्यत्र कतै जग्गा नभएको र त्यस ठाउँको सुरक्षित स्थानमा सार्वजनिक जग्गा पनि नभएकाले उनीहरुलाई घर बनाएर राख्ने ठाउँ पनि नभएको उहाँले बताउनुभयो ।

सहयोग दाताले दिएको नगद छुट्टै एउटा राहत कोषमा जम्मा गरेर राखिएको छ । सुरक्षित स्थानको टुंगो लागेपछि उक्त रकम घर निर्माणमा खर्च गरिने वडाध्यक्ष गुरुङले भन्नुभयो ।

बाढीले घरजग्गा, गाउँबस्तु, कुखुरा र बिरुवाको नर्सरीसमेत पुरेर झण्डै रु एक करोडको क्षति पुर्याएको थियो । स्थानीय देवीलाल लामिछानेले आपूmहरुको अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले सुरक्षित जग्गाको खोजी गरी बाँसको व्यवस्था गरिदिन हुन आग्रह गर्नुभयो ।

राजविराजका बाढी पीडितलाई १० लाख रुपैयाँको राहत वितरण

त्यसैगरी पोखरा–लेखनाथ महानगरपालिका–१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई १० लाख रुपैयाँ मूल्य बराबरको नगद र जिन्सी सामग्री
वितरण गरेको छ ।

विद्यालयले राजविराज–१५ देउरी भरुवाका पीडितलाई राहत वितरण गरेको विद्यालयका शिक्षक श्यामचन्द्र अगाञ्जाले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक अगाञ्जासहित जीतबहादुर खनाल, नारायण बराल, महादेव भण्डारी, श्यामचन्द्र अगाञ्जा, सुमन अधिकारी र विक्रम थापा राहत सामग्री लिएर त्यस ठाउँमा पुग्नुभएको थियो ।

विद्यालयले २१५ जना बाढी पीडितलाई खाद्यान्न, पकाउने भाँडा, त्रिपाल, लत्ताकपडा वितरण गरेको छ । शिक्षक अगाञ्जाका अनुसार विद्यालयले नगदसहित प्रतिपरिवार चामल २५ केजी, दाल पाँच केजी, खाने तेल दुई लिटर, एक कसौडी, दुई थान थाल, एक थान बाल्टिन–पानी खाने मग, त्रिपाल वितरण गरेको छ ।
मृतक डोमी यादवको परिवारलाई नगद पाँच हजार रुपैयाँ किरिया खर्चका लागि सहयोग गरिएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments