काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपीडितका लागि ३५ लाख सहयोग गरेको छ । केन्द्रले प्रधानमन्त्री राहत कोषमा ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ हस्तान्तरण गरी सहयोग गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

तराईका जिल्लामा अविरल वर्षासँगै बाढीले क्षति पुर्र्याएपछि माओवादी केन्द्रले आफ्ना सांसद्हरुको १ महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार माओवादी केन्द्रले आफ्ना सांसदको एक महिनाको तलव प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेको जनाएको छ ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने  हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments