मेलबर्न । अष्ट्रेलियाको मेलबर्नवासी नेपालीहरुले चलचित्र ‘धनपति’ सिनेमा हलमा हेर्न पाउने भएका छन् । ठुलो मान्छे बन्ने सपना, फाइदा लुट्ने र राजनीतिमा प्रयोग गर्ने अराजक भष्ट्र राजनीतिज्ञको तितो यथार्थ बोकेको चलचित्र आगामी ३० अगस्टमा प्रदर्शन हुनेछ ।

चलचित्रको प्रदर्शन मेलबर्न स्थित चाइना टाउन सिनेमा हलमा बेलुका ७ बजे पछि हुनेछ । प्रवेशको लागि साधारण टिकट शुल्क २५ डलर र विद्यार्थीहरुको लागि २० डलर तोकिएको छ । नेप्ले इभेन्ट्स र यस स्टडी अष्ट्रेलियाले ‘धनपति’ प्रदर्शनको तयारी गरेका हुन् ।

दीपेन्द्र के. खनालको निर्देशन तथा खगेन्द्र लामिछानेको लेखन र मूख्य अभिनय रहेको चलचित्रमा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।

Comments

comments