हिन्दुहरुको चाड दशैँ सम्बन्धि तयार पारिएको गीत गाउँन अन्जु पन्तले नमानेको खबर जब बाहिर आएपछि उनको चर्को आलोचना भैरहेको छ । भर्खरै मात्र क्रिष्टियन धर्म अंगालेकी अञ्जुले गायिका भएर त्यस्तो विभेद गर्नु हुँदैन थियो भन्ने धेरै छन्  । चौतर्फी आलोचना बढे पछि विहीवार आफ्नो व्यक्तिगत फेसबुक पेज मा हस्तलिखित बिज्ञप्ति प्रकाशित गर्दै अञ्जुले माफि मागेकी छन् ।

‘मेरो बारेमा समाचारहरु आए म निकै दुखि छु , म सम्पूर्ण पत्रकार नेपाली गीत संगीत प्रेमी दर्शक श्रोता र सबै धर्मालम्बीप्रति श्रदा गर्दछु र केहि म बाट गल्ति भएको भए क्षमा चाहन्छु ।  कुनै पनि धर्मलाई  होच्याउने काम हिजो पनि गरिन,अहिले पनि गरेको छैन र भोलिको दिनमा पनि गर्ने छैन’ बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा उनले सबै चाड भनेकी छन् तर दशैँ र उनले गाउँन अस्विकार गरेको गीतको बारेमा केहि उल्येख गरेकी छैनन् ।

Comments

comments