काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भारत भ्रमणमा मुलुकको हितविपरीत सन्धि–सम्झौता नर्गा प्रधानमन्त्री शेरबशादुर देउवालाई सुझाब दिएका छन् ।

बुधबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्तीलाई ओलीले बाढी तथा डुबान, पुराना सन्धि–सम्झौता, सीमाक्षेत्रको बाँधलगाएतबारे छलफल गर्न पनि सुझाब दिएका छन् ।

मंगलबारको संसद् बैठकमा विशेष समय लिएर ओलीले भ्रमणबारे संसदलाई जानकारी नगराएकोमा आपत्ति जनाए । उनले भने, ‘मुलुकमा संसदीय हैसियत भएको प्रतिपक्ष छ भनेर जान्दाजान्दै सत्तापक्षको उपेक्षाभाव देखियो । अरुलाई गन्न पर्दैन भन्ने भाव देखिनु दुःखद हो । ’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments