मेलबर्न। एनआरएन अष्ट्रेलियाले नेपालका बाढी पीडितको लागि संकलन भएको २५ हजार डलर सहयोग नेपाल पठाएको छ ।

एनआरएन अष्ट्रेलियाका अनुसार हालसम्म संकलन भएको २६ हजार डलर मध्ये २५ हजार डलर तत्कालका लागि पठाइएको हो र सहयोग जुट्ने क्रम अझै जारि छ।

सहयोगको लागि सधै अगाडी रहने एनआरएन अष्ट्रेलिया यसअघिको भूकम्पको बेला पनि सबैभन्दा बढी सहयोग जुटाउने एनसीसी बनेको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएन) ले विभिन्न देशबाट संकलित सहयोगले सप्तरीका बाढीपीडितहरुलाई मंगलबारबाट तत्कालीन राहत वितरण सुरु गरेको छ । राहत प्याकेजमा एक परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नून, चिनी, तेल गरी ६ हजार नेपाली रुपैयाँको सामग्री राखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments