एजेन्सी। स्टार स्ट्राइकर लियोनल मेस्सीका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीले ३ सय मिलियन युरोको अफर गरेको छ ।

स्पेनिस संचारमाध्यमका अनुसार बार्सिलोनाको व्यवस्थापनबाट मेस्सी सन्तुष्ट नरहेको तथा यसअघि नै सम्झौताका लागि राजी भइसकेको भनिए पनि उनको सम्झौतामा भएको ढिलाईले उनले क्लब छाड्ने डर बार्सिलोनामा देखिएको छ ।

१३ वर्षमा बार्सिलोना आएका मेस्सी अहिले ३० वर्षका भए । उनले ट्रान्सफरको समय रहँदासम्म क्लबले बनाउने योजनालाई हेरेर नयाँ सम्झौता गर्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments