बर्दिबास । महोत्तरीको भंगहा नगरपालिका–१ को २४ वर्षीया गर्भवती कविताकुमारी साह प्रवस बेथाले घन्टौंसम्म छट्पटाइन् । बाढीले सडक बगाएपछि यातायात अवरुद्ध भएका कारण उनलाई परिवारले अस्पताल पुर्याउन सकेनन् ।

कवितालाई साउन २८ गते उनका श्रीमान् रामबहादुर साहले सदाका लागि गुमाउनुपर्यो । कविताको मृत्युको खबर ढिलो गरी आइपुगेको महोत्तरीका एसपी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीका अनुसार महोत्तरीमा बाढी आएपछि भएका विभिन्न घटनामा नौजनाको ज्यान गएको छ । बाढीले गाउँ डुबान पार्दा एक ठाउँबाट अर्को ठाउँ जाने अवस्था थिएन । सञ्चार सेवा अवरुद्ध भएपछि ढिलो गरी मात्र खबर आइपुगेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments